कांग्रेस केन्द्रीय समिति बैठक आज पनि : सभापति थापाको राजीनामा अस्वीकृत गर्न दबाब

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेका लागि बैठक तय भएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिएका छन् ।

गत शुक्रबारदेखि सुरु भएको यस बैठकमा मुख्यतया दुईवटा महत्वपूर्ण विषयमाथि सघन छलफल भइरहेको छ । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने र समीक्षा गर्ने क्रम आज पनि जारी रहनेछ ।

यसका साथै, पार्टी सभापति गगन थापाले पदबाट दिएको राजीनामाको विषयले पनि बैठकमा विशेष प्राथमिकता पाएको छ । सभापतिको कदमलाई लिएर सदस्यहरूले आफ्नो भनाइ राख्ने क्रम चलिरहेको छ । छलफलका क्रममा अधिकांश केन्द्रीय सदस्यहरूले भने पार्टीको आन्तरिक परिस्थितिलाई मध्यनजर गर्दै सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा मजबुत रूपमा उठाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =