महिला राष्ट्रिय लिगमा पुलिस र वागमती युथको रोमाञ्चक जित

काठमाडौं । वमना देउवा र रेखा पौडेलको दुई गोलमा नेपाल पुलिस क्लवले रबाफिलो जितसँगै शहीद स्मृति राष्ट्रिय महिला फुटबल लिगको शुरुवात गरेको छ ।
च्यासलस्थित च्यासल स्टेडियममा बिहीवार भएको दोस्रो खेलमा नेपाल पुलिसले चर्च ब्वाइज युनाइटेड महिला टिममाथि ५–० को जित निकाल्यो । मिना र रेखाले दुई गोल गर्दा अमृता जैशीले एक गोल थपिन् । पुलिसले पहिलो हाफमा नै चार गोल गरेको थियो ।
तर दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो । त्यसअघि भएको पहिलो खेलमा वागमती युथ क्लबले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई ५–४ गोल अन्तरले हरायो ।
अस्मिता मगर र दिक्षा रानपालको दुई गोल प्रेरणा वागमतीले लिगमा सुखद् शुरुवात गरेको छ । च्यासल स्टेडियममा बिहीवार भएको खेलमा वागमतीले आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लवमाथि ५–४ गोल अन्तरको रोमाञ्चक जित निकाल्यो ।
सर्लाहीको क्लव वागमतीका लागि अस्मिता र दिक्षाले समान दुई गोल गर्दा एक गोल प्रजिता राईको नाममा रह्यो । आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लवकी गीता श्रेष्ठले दुई तथा तुलसीकुमारी ओली र वर्षा कुँवरले समान एक गोल फर्काए पनि आफ्नो टोलीका हार टार्न सकेनन् । पोखराको आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लवले दुई पल्टको अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो । पहिलो हाफमा दुई गोल भयो ।
तर, दोस्रो हाफमा सात गोल निस्कियो । खेलको सातौं मिनेटमा नै गीताको गोलबाट आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबले अग्रता लियो । बागमतीकी गोलकिपर लक्ष्मी ओलीको गल्तीमा आरएस रिसोर्टले अग्रता लिएको हो ।
पेनाल्टी बक्सभित्रबाट वर्षा ओलीको प्रहार लक्ष्मीले खुट्टाले रोक्न खोज्दा डिफ्लेक्ट भएर गीताको खुट्टामा पुग्यो । गीताले करिब १५ यार्डबाट उक्त बल नियन्त्रणमा लिँदै खाली पोस्टमा गोल गरिन् । त्यसको दुई मिनेटपछि नै बागमतीले गोल फर्कायो । अस्मिता मगरको गोलबाट बागमतीले १–१ को बराबरीमा ल्याएको हो ।
कप्तान सानिमा माया लोको क्रस सदुपयोग गर्दै उनले नजिक दूरीबाट गोल गरेकी हुन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा भने गोल वर्षा नै भयो । ४८औं मिनेटमा तुलसीकुमारीको गोलबाट फेरि आरएस रिसोर्टले अग्रता लियो । यशोदाकुमारी चिरालले दिएको बललाई हेडमार्पmत तुलसीकुमारीले जाली चुमाएकी हुन् । तीन मिनेटपछि बागमतीले गोल फर्काउँदै बराबरीमा ल्यायो । कप्तान सानिमा मायाको पासलाई प्रजिता राईले करिब १५ यार्डबाट वान टचमार्पmत गोलमा परिणत गरेकी हुन् ।
वागमतीले ६०औं मिनेटमा तेस्रो गोल ग¥यो । दिक्षाको गोलबाट बागमतीले ३–२ को अग्रता लियो । त्यसको आठ मिनेटपछि आरएस रिसोटीले गोल फर्काउँदै फेरि ३–३ को बराबरीमा ल्यायो । वर्षा कुँवरले गोल गर्दै अग्रता दिलाइन् । ७० औं मिनेटमा अस्मिताले गोलसँगै वागमतीले ४–३ को अग्रता लियो । ६ मिनेटपछि नै बागमतीले पाँचौं गोल ग¥यो ।
दिक्षाले गोल गर्दै बागमतीलाई फराकिलो जिततर्पm अग्रसर गराइन् । ८३औं मिनेटमा गीताले गोल गर्दै आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लबलाई ५–४ को स्थितिमा ल्याइन् । यो गोलपछि आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब खेलमा फर्कने अनुमान गरिएको थियो । तर, बाँकी समयमा गोल हुन सकेन र बागमतीले जितबाट लिगको सुरुआत ग¥यो ।








