पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस

काठमाडौं । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै व्रह्माजीले कालगणना शुरु गर्नुभएको स्मरणमा बिहीवार ज्योतिष दिवस मनाइएको छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात समय गणना शुरु भएको विषय व्रह्मपुराणमा उल्लेख भएअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले एक कार्यक्रमका बीच दिवस मनाएका हुन् ।

ज्योतिष दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले पञ्चाङ्ग निर्माण भएपनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

उनले पञ्चाङ्ग प्रकाशन मात्र नभई त्यसको व्यवहारिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यसका लागि परिषद्ले देशव्यापी पहल गरिरहेको दाबी पनि गरे ।

अध्यक्ष धितालले पञ्चाङ्गसम्बन्धी देखिएका विवादले कार्यान्वयनमा समस्या सिर्जना गर्ने भएकाले यस्ता विषय समाधानतर्फ विद्वत वर्गको ध्यान जानुपर्नेमा उनको जोड छ ।

ज्योतिष क्षेत्रको संस्थागत सुदृढीकरण र पञ्चाङ्गको एकरूपता कार्यान्वयन आवश्यक रहेको उनको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =