सेती नदीमा महिलाको शव फेला

दमौली । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ ।

नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए ।

महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =