सीमा द्वन्द्वले पुनर्वासमा बाधा पुर्‍याएपछि अफगानिस्तान फर्किएकाहरू शान्तिको पर्खाइमा

काठमाडौं । एक समय अफगानिस्तान र पाकिस्तानलाई जोड्ने व्यस्त सीमावर्ती सहर तोर्खाम, सीमामा भएको झडपपछि विगत पाँच महिनादेखि बन्द छ ।

अफगानिस्तानमा पुनर्वास गरेका पूर्वशरणार्थी जार गुल एतमानजाईले तोर्खामका तीनवटा बजारमा रहेका दर्जनौँ पसल र सम्पत्तिमा क्षति पुगेको बताए । करिब ३० करोड अफगानी (करिब ४८ लाख अमेरिकी डलर) बराबरको नोक्सान भएको अनुमान गरिएको छ । युद्धको परिणाम मानिसहरूको विस्थापनबाहेक अरू केही नभएको उनको भनाइ छ ।

सर्वसाधारणहरू युद्धको सिकार मात्रै भएको उनी बताउँछन् । ६० लाखभन्दा बढी अफगानीहरू छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेको बताइए पनि मध्यपूर्वमा बढ्दो तनावका बीच स्वदेश फर्किनेहरूको सङ्ख्या बढिरहेको छ । हरेक दिन हजारौँ शरणार्थीहरू अफगानिस्तान फर्किरहेका छन् तर उनीहरूले आफ्नो गृह देश सुरक्षित आश्रयस्थलबाट धेरै टाढा रहेको पाइरहेका छन् ।

अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार केही हप्ताअघि सीमामा झडप सुरु भएदेखि धेरै मानिसहरू मारिएका छन् र घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =