अमेरिका-इजरायल-इरान द्वन्द्व १८औँ दिनमा पनि जारी
२०८२ चैत ३ गते

काठमाडौं । अमेरिका-इजरायल-इरान द्वन्द्व १८औँ दिनमा पनि जारी रहेको छ । अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण गरिरहने वाचा गरेका छन् भने तेहरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्ने चेतावनी दिएको छ ।
इजरायली विदेशमन्त्री गिदोन सारले आफूहरूको लक्ष्य पूरा नभएसम्म इरानविरुद्धको लडाइँ जारी राख्न इजरायल र अमेरिकाको साझा संकल्प रहेको बताए । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै पश्चिमी र मध्य इरानका २०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।
२०८२ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








