ओलीलाई परेको पितृशोकप्रति बालेनको समवेदना

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पिताको महत्वबारे उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरेका हुन् । शाहले संस्कृत श्लोक उद्धृत गर्दै “पिताजस्तो रक्षक, गुरु र देवता कोही नहुने” उल्लेख गरेका छन् । उनले ‘पात्र एक, भूमिका अनेक’ भन्दै पिताले जीवनमा निर्वाह गर्ने विविध भूमिकाको स्मरण गरेका छन् ।

केही समयअघि आफैंले पनि पिता गुमाएको उल्लेख गर्दै उनले पिताको अनुपस्थितिले जीवनमा ठूलो रित्तोपन र अपूरणीय अभाव ल्याउने अनुभव आफूलाई भएको बताएका छन् ।

सोही सन्दर्भमा उनले पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै दिवंगत आत्माको वैकुण्ठवासको कामना गरेका छन् । उनले लेखेका छन्, “पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =