प्रतिवेदन लिँदै प्रधानमन्त्रीले भनिन्- दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट छ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ रहेको बताएकी छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

उक्त प्रतिवेदन प्राप्त गरे पश्चात् प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले लेखेकी छन् ‘बुझाएका २०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त भएको छ । मेहनतपूर्वक यस कार्यमा खटिने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद । कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन भन्नेमा सरकार स्पष्ट र दृढ छ ।’

प्रधानमन्त्री कार्कीले यस कार्यमा खटिने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =