२०७९ निर्वाचनले नै ‘खतराको साइरन’ बजाएको थियो, हामीले बुझेनौँ र बदलिन सकेनौँ: विश्वप्रकाश

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०७९ को निर्वाचनले नै मूलधारका दलहरूलाई ‘खतराको साइरन’ बजाइसकेको भएपनि त्यसलाई बुझ्न र आफूलाई बदल्न नसक्दा अहिलेको परिणाम भोग्नुपरेको बताएका छन् ।

शनिवार उनले फागुन २१ को निर्वाचन परिणामलाई मात्रै हेरेर समीक्षा गर्दा अधुरो हुने बताएका हुन् ।

उनकाअनुसार त्यो बेलाको जनमतले दलहरूलाई ‘नेतृत्व बदल, सरकार बदल, शैली बदल’ भन्ने प्रस्ट सन्देश दिएको बताए । दलहरूले आफूलाई रूपान्तरण गर्न नसकेकै मौका छोपेर नागरिकको असन्तुष्टिलाई मतमा बदल्न नयाँ दलको जन्म भएको उनको विश्लेषण छ । स्थानीय निर्वाचन लगत्तै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ६ महिनामै प्रत्यक्षतर्फ ७ र समग्रमा २१–२२ सिट जितेर संसदमा पुग्नु सोही असन्तुष्टिको परिणाम भएको उनले बताए ।

शर्माले भने ‘सम्झिनुपर्ने हुन्छ ७९ सालको स्थानीय तहको निर्वाचन । जुन निर्वाचनमा धरान, धनगढी र काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदाताले विजयी गराएर खतराको सङ्केत दिइसक्नुभएको थियो, साइरन बजिसकेको थियो । त्यसरी बदल्न सक्यो भने ठिक छ, बदल्न सकेनौँ भने हाम्रो मन बदलिँदै छ भनेर ७९ सालकै निर्वाचनले सङ्केत दिएको थियो । तर त्यो सङ्केत बमोजिम हामीले रूपान्तरण गर्न सकेनौँ ।’

मतदाताले रूपान्तरणलाई जबरजस्त ढंगले बढाउन सन्देश दिएको भएपनि काँग्रेसले आफूलाई समयमै बदल्न नसकेको र त्यसको मूल्य अहिलेको निर्वाचनमा चुकाउनुपरेको उपसभापति शर्माको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =