निर्वाचन: ५२ स्थानमा रास्वपा विजयी (सूचीसहित)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ५२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६३ निर्वाचन क्षेत्रमा मध्यान्ह ४ बजेसम्म ६८ स्थानमा रास्वपा नै अगाडि छ ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार ८ स्थानमा विजयी भएका छन् भने काँग्रेसले १२ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई स्थानमा विजयी हुँदा १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) २ स्थानमा विजयी ५ स्थानमा अगाडि छ ।

श्रम संस्कृति पार्टी ३ स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

हेर्नुहोस् सूची:

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =