चितवनबाट प्रचण्डले गरे मतदान
२०८२ फागुन २१ गते

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । क्षेत्र नम्बर-३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् ।
यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् । उनले आफैंलाई भने मत दिन पाएनन् । उनी यसपटक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
२०८२ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








