मतदान केन्द्रमा गएर मताधिकार प्रयोग गर्न निर्वाचन आयुक्त तुलाधरको अपिल

काठमाडौं । निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेकी छन् ।

आयुक्त डा. तुलाधरले सबै मतदातालाई आफ्नो मतदान केन्द्रमा समयमै उपस्थित भएर अमूल्य मताधिकारको प्रयोग गर्न आग्रह गरिन् । उनले असल व्यक्तिको चयनका लागि मतदान अनिवार्य रहेको बताइन् ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित, विश्वासिलो र मितव्ययी बनाउन सबै पक्षको उत्तिकै दायित्व रहने उनले बताइन् ।

आयुक्त तुलाधरले निर्वाचन सफल पार्न सरोकारवाला निकायहरु, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी र आम नागरिकलाई समेत सहयोगका लागि आग्रह गरिन् ।

फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =