फागुन २० गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग   
वि.सं. फागुन २०, २०८२। इ.सन् 04 March, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (चिल्लागा) । सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु । बुधवार चैत्र कृष्णपक्ष ।
तिथि प्रतिपदा, १६:४५ बजेपछि द्वितिय । नक्षत्र पूर्वफाल्गुनी, ०७:४८ बजेपछि उत्तरफाल्गुनी । योग धृति, ०९:१३ बजेपछि शूल । करण कौलव, १६:४५ बजेपछि तैतिल, ०४:४९ बजेउप्रान्त गर । चन्द्रराशि सिंह । योग (आनन्दादि) स्थिर । दिनमान ११:३७। सूर्योदय ६:२८ सूर्यास्त १८:०५ । दिन विशेष :  वसन्तादि। तेल लगाउने र आँपको मुजुरा खाने दिन। गण-गौर पूजा प्रारम्भ। नाला स्थित मत्स्येन्द्रनाथको स्नान। नाला यान्हव। चकँया। धुलया।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षमताको परिचय दिने समय रहेको छ । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ । स्वास्थ्यमा पुरानो रोग बल्झिन सक्छ सचेत रहनुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सञ्चित रकम खर्च गर्नुपर्ला । अवसरवादीहरूले हजुरको कमी कमजोरीको फाइदा उठाउने छन् । उपलब्धिहिन कार्यमा समय व्यतीत हुनेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्यांकन हुनेछ । व्यापारमा राम्रो फड्को मार्न सक्नुहुनेछ । पहिलाका रोकिएका कामहरू बन्नेछन् । नोकरी वा पेशामा नयाँ जिम्मेवारी बढ्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामको प्रस्ताव आउनेछ । परिस्थितिवस आफन्तहरूबाट टाढिनुपर्ला । फजुल खर्च बढ्नेछ । व्यापारिक साथै लेनदेनजन्य कुराहरूमा सावधानी राख्नुहोस् । आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्र फराकिलो बन्नेछ । पारिवारिक सद्भावमा कमी आउनेछ । आज टाउको दुख्ने समस्याले सताउन सक्छ । अनावश्यक कुरालाई लिएर मनमा चिन्ता रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) निरन्तर कार्यगर्दा लाभ हुनेछ । रोकिएका प्रतिफलहरू प्राप्त हुनेछन् । सहयोगीहरूको साथ मिल्नाले नयाँ काममा मन लाग्नेछ । छरछिमेकी सँग राम्रो सम्बन्ध स्थापित गर्न सकिनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उत्साह र उमंगमा वृद्धि हुनेछ । सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाटका योग दिनैभरी रहनेछ । आर्थिक पक्षमा सुधार हुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आयमा वृद्धिका योग छन् । कार्यक्षेत्रमा सक्रिय भूमिका निभाउनु पर्ला । उद्योग व्यापारमा नयाँ पहिचान बनाउन सकिनेछ । पुरुषार्थले सम्मान दिनेछ । समय सकारात्मक रहेको छ । आजको शुभ रंग आकाशी हो भने शुभ अंक ९ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम सम्बन्धमा सुधारका योगहरू रहेका छन् । सवारी साधन चलाउँदा सावधान रहनुहोस् । आलस्य त्यागेर कार्यमा ध्यान दिनुहोस् सफलता मिल्नेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक पक्ष सबल रहनेछ । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला । भविष्यलाई लिएर योजनाहरू कोरिनेछन् । स्वास्थ्यले साथ दिनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा धैर्यताको साथमा विवेकपूर्ण निर्णय लिन आवश्यक हुनेछ । परीक्षामा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस् । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =