टोपबहादुर रायमाझीले जेलबाटै गरे सूर्य चिन्हमा मतदान गर्न अपिल

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लावासीलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।

जिल्लावासीलाई पठाइएको सन्देशमा उनले अर्घाखाँचीको समुन्नत विकासका लागि आफू र आफ्नो टिमले सडक पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, युवा खेलकुद, पर्यटन विकास तथा विमानस्थल निर्माणलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरेका छन् ।

२०७९ सालको निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने अठोटसहित अघि बढिरहेको उल्लेख गर्दै रायमाझीले विकास विरोधी पक्षले राजनीतिक पूर्वाग्रहका आधारमा आफूमाथि अनावश्यक आरोप लगाएको दाबी पनि गरेका छन् । उनले कुनै गैरकानुनी गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै विगत केही समयदेखि राजनीतिक प्रतिशोधका कारण प्रत्यक्ष जनसम्पर्कमा रहन नपाएको बताए ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै उनले नेकपा (एमाले) तर्फबाट उम्मेदवार रहेका पीताम्बर भुसाललाई अत्यधिक मतका साथ विजयी गराउन जिल्लावासीसँग आग्रह गरेका छन् । रायमाझीका अनुसार अधुरा विकास योजना पूरा गर्न भुसालको जित आवश्यक रहेको छ ।

रायमाझि नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =