आज प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छिन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन र समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानममन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

‘आज प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ’, रावलले भने, ‘प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने सल्लाह हुँदैछ । जे भए पनि एउटा महत्त्वपूर्ण सन्देश आज आउँदैछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =