राष्ट्रिय लिग फुटबल: एनआरटीको पाँचौँ जित, चित्लाङ २–१ ले पराजित
२०८२ फागुन १७ गते

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले चित्लाङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस्तै खेलको ३७औँ मिनेटमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा पुग्यो ।
त्यस्तै एनआरटीका टिमोथी चिएमेरिए ओकेरेकेले खेलको ५४औँ मिनेटमा शान्त्वना गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
यो जितसँगै एनआरटीले प्रतियोगितामा पाचौँ जित दर्ता गराएको छ । लिगमा नौ खेल खेलेको एनआरटीले १९ अङ्क जोडेको छ । यस्तै चित्लाङको यो चौथो हार हो । नौ खेलबाट चित्लाङले ७ अङ्क जोडेको छ ।
२०८२ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








