अमेरिकी सडकमा गुञ्जियो ‘नो वार’को नारा

न्युयोर्क । अमेरिकामा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको विरोधमा प्रदर्शन भएको छ । इरान र अमेरिकाले शनिबार संयुक्तरुपमा हवाइ आक्रमण गरेर त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई लगायतको हत्या गरेपछि न्युयोर्क लगायतका सहरमा विरोध प्रदर्शन भएको हो ।

विभिन्न अधिकारवादी समूहले एटलान्टा, बाल्टिमोर, बोस्टन, शिकागो, सिन्सिनाटी, डेनभर, लस भेगास, लस एन्जलस, मियामी र मिनियापोलिस लगायतका सहरहरूमा प्रदर्शन गरेका हुन् । त्यस्तै, एल्बानी, एलिन्सबर्ग, भर्जिनिया, गेन्सभिल, फ्लोरिडा मिजौरी जस्ता सहरमा पनि प्रदर्शनको तयारी भएको छ।

उनीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्ले इरानमा गरेको आक्रमण युद्धको कार्य भएको र यसले अकल्पनीय विनाश निम्त्याउने भन्दै चेतावनी दिएका छन् ।

अमेरिकन सिभिल लिबर्टिज युनियनले डेमोक्रेटिक सांसदहरूसँग मिलेर ट्रम्पद्वारा इरानविरुद्ध गरिएको सैन्य बल प्रयोग अन्त्य गर्न कंग्रेसले तत्काल कदम चाल्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =