सिटिजन्स बैंक र मेदान्त द मेडिसिटि हस्पिटल, भारत बीच छुट सम्झौता थप

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरूलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।
यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगावँमा मात्र लागू हुँदै आएकोमा, नयाँ सम्झौतापछि उक्त छुट सुविधा मेदान्ताको थप ६ अस्पतालहरू मेदान्ता नोएडा,मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँचीमा तथा ५ मेडिक्लिनिकबाट समेत उपलब्ध हुने भएको बताइएको छ ।
उक्त समझदारीपत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
हाल यस बैंकका ग्राहकहरूले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिन सक्नेछन् ।
यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्त द मेडिसिटि हस्पिटल बीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास लिएको बैङ्कले जनाएको छ ।








