फागुन १५ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिम्मेवारी थपिए पनि सहयोगीहरूबाट सहयोग मिल्नाले कार्य सम्पादन गर्न सकिनेछ । अरुको व्यवहारले शंका उब्जाए पनि परिवारबाट राम्रो सहयोग पाइनेछ । साहसिक कार्य गर्ने समय रहेको छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भावमा कमी आउनेछ । आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ । कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजमा मानसम्मान वृद्धी हुनेछ । कुनै शुभ समाचारले मन प्रफुल्लित हुनेछ । पुराना अपूर्ण कार्यहरू पूरा गर्ने समय रहेको छ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अरूको भरपर्दा दुःख पाइनेछ । आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस् । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वर्तमान कार्यबाट प्रशस्त लाभ मिल्नेछ । बुद्धिको उपयोगले चुनौतीपूर्ण समस्याको समाधान गर्न सकिनेछ । महत्वकांक्षी योजना पूरा गर्ने समय रहेको छ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सही योजनाको अभावमा महत्त्वपूर्ण कार्यहरू अट्केला सावधान रहनुहोस् । समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग पाइनेछ । आर्थिक पक्ष सबल रहनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कानुनी पक्ष मजबुत रहनेछ । सांस्कृतिक संघ समारोहमा सहभागी भइएला । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सजग रहनुहोस् नत्र हातमा आएको अवसर गुमाउनु पर्ला । अरुलाई सल्लाह दिनबाट बच्नुहोस् । नोकरी वा पेशामा सहयोगीहरूबाट भनेजस्तो सहयोग नपाइएला । आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समयको सदुपयोग गर्नुहोस् । दाम्पत्य जीवन सुमधुर रहनेछ । जीवनसाथीसँग भ्रमणका योग छन् । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त भएतापनि उपलब्धिको लागि केही समय प्रतिक्षा गर्नुपर्ला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस् । लागतको मूल्यांकन नगरी कार्य आरम्भ नगर्नुहोस् समस्या निम्त्याउन सक्छ । आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतले भविष्यको बाटो निर्माण गर्न सकिनेछ । व्यावहारिक पक्ष मजबुत रहनेछ । प्रेम सम्बन्धमा एक अर्काप्रति विश्वास बढ्नेछ । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बाध्यतामा अलमलिदा काम समयमा पूरा नहुनाले मन खिन्न हुनेछ । व्यवसायमा न्यूनतम उपलब्धिमा चित्त बुझाउनुपर्ला । कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन् । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ ।








