सिद्धार्थ बैंकका ग्राहकहरूलाई पेट मामा नेपालमा १० प्रतिशत सम्मको छुट
२०८२ फागुन १४ गते

काठमाडौँ । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रा.लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बालुवाटार, काठमाडौँ स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरूको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
२०८२ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








