सूर्यज्योति लाइफको ब्रान्च अपरेसन मिट सम्पन्न

चितवन । सूर्यज्योति लाइफ इन्सोरेन्सले आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेसनका देश भरिका कर्मचारीहरूलाई एउटै छाता मुनि भेला गरी “Service Excellence and Compliance” अन्तर्गत बृहत् तालिमको आयोजना गरेको छ ।

चितवनको भरतपुरमा अवस्थित Lords CBC Plaza मा आयोजित कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेसन अन्तर्गत कार्यरत कर्मचारीहरू, विभागीय प्रमुखहरू, एक्जुकेटिभहरु, कार्यकारी उप प्रमुख अधिकृत, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य लगाएत प्रशिक्षक द्वय मनोज भट्टराई (बैंकिंग तथा बिमा विज्ञ) र पदम प्रसाद सोडारी, उप निर्देशक, नेपाल बिमा प्राधिकरणको उपस्थिति रहेको थियो ।

तालिममा AML/CFT सम्बन्धी विस्तृत प्रशिक्षण नेपाल बिमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले प्रदान गरेका थिए भने Service Excellence सम्बन्धी प्रशिक्षण बैंकिङ तथा बिमा विज्ञ मनोज कुमार भट्टराईले दिएका थिए ।

साथै, सोही अवसरमा विभागीय प्रमुखहरूसँगको प्यानल अन्तरक्रिया अन्तर्गत विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए जसमा ब्रान्च अपरेसन सम्बन्धी विभिन्न विषयहरू समेटिएका थिए । सो अवसरमा कार्यक्रमका सहभागीहरूले आफ्नो दैनिक कार्यसम्पादनका क्रममा भोगेका कठिनाइ तथा उठेका जिज्ञासाहरू सम्बन्धित प्यानलमार्फत विभागीय प्रमुखहरूले सम्बोधन गरेका थिए ।

बृहत् तालिममा सम्पूर्ण सत्रहरूलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्दै कार्यक्रम सफल बनाउन कम्पनीका Chief Support Services उमेश प्रसाद मैनालीले सहजीकरण (Moderator) को भूमिका निर्वाह गरेका थिए ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले सूर्यज्योति लाइफको शाखा कार्यालयमा रही अहोरात्र खटिने ब्रान्च अपरेसन कर्मचारीहरू नै कम्पनीका वास्तविक Service Ambassadors हुन र ब्रान्च अपरेसनको कार्यसम्पादनले नै कम्पनीको Brand Value तथा Business Expansion मा अहम् भूमिका खेलेको बताए । उनले कम्पनीले Digitalization मा ठुलो फड्को मारेको र अब AI तर्फ जाने तयारी गरेको’ कम्पनीका सञ्चालक, हेमन्त नाहाटाले बताए ।

साथै, यस कार्यक्रममा सहभागीहरूले देशभरिका सहकर्मीहरू, विभागीय प्रमुखहरू र उच्च व्यवस्थापनसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्त्वपूर्ण अवसर प्राप्त गरेको फलस्वरूप कम्पनीको अवस्था र रणनीति बुझ्नका साथै आफ्नो भूमिका र दायित्वप्रति स्पष्ट मार्गदर्शन पाएको बताएका छन् ।

नेपालकै पहिलो ९००१-२०१५ आई, एस. ओ. प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पुजी  ५०१ करोड, जीवन बीमाकोष ४,६१७ करोड, लगानी ५,१२० करोड, नेटवर्थ ६१८ करोड, १ लाख ७ हजार अभिकर्ता सङ्ख्या, ३६ लाख ३० हजार बीमालेख सङ्ख्या र देशै भरि रहेका १७६ शाखा सञ्जाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ । साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध  ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =