गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताएकी छन् ।
मंगलवार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले सो कुरा बताइन् । प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सवल पक्ष भएको पनि उल्लेख गरिन् ।
उनले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्मा खेलेको भुमिका प्रशंशनीय रहेको पनि बताइन् ।
जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।
प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्याउने अपेक्षा समेत गरे ।








