चीर, अवीर र परम्परा: वसन्तपुरमा फागुको सुरुवात (तस्बिरहरू)

काठमाडौं । काठमाडौँको वसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । वसन्तपुरको गद्दी बैठकको दक्षिणतर्फ मङ्गलबार बिहान ७:१५ को शुभ साइतमा तीनछत्रे चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व (होली) सुरु भएको छ ।
हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याएसँगै उपत्यकामा फागु पर्व सुरु हुन्छ । रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अवीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।
वसन्त उत्सवका रूपमा समेत मनाइने रङ्गहरूको पर्व फागु अर्थात् होलीको पौराणिक तथा सांस्कृतिक महत्त्व रहेको छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई/मधेसका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
तस्बिरहरू :-









