एनआईसी एशिया बैंकका ग्राहकहरूलाई इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।

यस बैंकका ग्राहकहरूले ln-patient room charge, preventive health check packages / Attendees health checkup सेवाहरूमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् र Outpatient investigation मा ५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ । साथै, Complimentary registration fees, Access to international patient lounge जस्ता सुविधाहरू समेत उपलब्ध हुने बताइएको छ ।

यसैगरी, काठमाडौँ स्थित अपोलो इन्फर्मेसन सेन्टर मार्फत लिने बैंकका ग्राहकहरूलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल/हस्पिटलसम्मको लागि यातायातको थप सुविधा समेत उपलब्ध हुनेछ ।

उक्त सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहुलियत हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =