सीजी इलेक्ट्रोनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका LG, CG, Midea, TCL, Godrej, Crompton, Beko, Sensei, Kent, Elica, Black & Decker लगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सफलतापूर्वक सम्पन्न भएको छ ।
फाल्गुण ७, ८ र ९ गते काठमाडौंमा आयोजित उक्त तीनदिने कार्यक्रम बिक्री क्षमताको सुदृढीकरण, उत्पादनसम्बन्धी तालिम , ग्राहक सेवा उत्कृष्टता तथा ब्रान्ड–केन्द्रित रणनीतिक सोच विकासमा केन्द्रित रहेको थियो ।
कार्यक्रमअन्तर्गत प्रमोटरहरूलाई नवीन प्रविधि, उत्पादनको विशेषता, प्रतिस्पर्धी बजार बुझाइ तथा ग्राहक आवश्यकताअनुसार समाधान प्रस्तुत गर्ने व्यावहारिक प्रशिक्षण प्रदान गरिएको बताइएको छ ।
कार्यक्रममा संरचित engagement activities तथा motivation-focused sessions पनि समावेश गरिएका थिए, जसले प्रमोटरहरूको व्यावसायिक आत्मविश्वास, टोलीगत समन्वय र संगठनप्रतिको प्रतिबद्धता अभिवृद्धि गरेको CG Electronics ले जनाएको छ ।
उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रमोटरहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरी उनीहरूको योगदानको औपचारिक मूल्याङ्कन गरिएको
थियो । यस पहलले बिक्री टिमलाई अझ उत्तरदायी, दक्ष र ग्राहक–केन्द्रित सेवा प्रदान गर्न प्रेरित गर्ने अपेक्षा कम्पनीको रहेको जानकारी दिएको छ ।
CG Electronics का अनुसार, यस प्रकारको राष्ट्रिय स्तरको तालिम तथा सशक्तिकरण कार्यक्रमले अब उपभोक्ताहरूलाई आफ्नो आवश्यकता अनुसारको उपयुक्त उत्पादन सहज, स्पष्ट जानकारीसहित र विश्वासका साथ प्राप्त गर्न सहयोग पुग्ने बताइएको छ ।
कम्पनीले आगामी दिनहरूमा पनि मानव संसाधन विकास, निरन्तर तालिम तथा प्रदर्शन–आधारित प्रोत्साहन कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








