एमबीएमा राजधानी मोडेल कलेज उत्कृष्ट

काठमाडौँ । राजधानी मोडेल कलेजले व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजको व्यवस्थापन सङ्काय अन्तर्गत एमबीएका छात्र कमल भट्टराईले सर्वोत्कृष्ट ग्रेड चार जीपीए प्राप्त गरेका हुन् ।

उनलाई पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीद्वारा कुलपति पदकबाट विभूषित गरिएको छ । कुलपति पदकलाई कुनै पनि विश्वविद्यालयको सर्वोच्च सम्मान मानिन्छ ।

यसैगरी कलेजले स्नातक र स्नातकोत्तर तहमा गरी दर्जनभन्दा बढी छात्रछात्राहरूलाई उपकुलपति पदक दिलाउन सफल भएको छ । दीक्षान्त समारोहमा एमबीए कार्यक्रमतर्फ हसिन बराल विक, उत्सव कोइराला, विवेक घिमिरे, अस्मिता जोशी, सालिकराम लम्साल, रोहिक्षा श्रेष्ठ र सोभित जोशीलाई उपकुलपति पदकबाट सम्मान गरिएको थियो ।

त्यसैगरी स्नातक तहमा बीबीएतर्फ शिशिर पौडेल, अनिसा त्रिपाठी, दीपा जोशी, मदन लम्साल तथा बीएचएमतर्फ निशान वाईवा, सुरक्षा बुढा र दिनेश खनाल पनि उपकुलपति पदकबाट सम्मानित हुन सफल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =