राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको पावन अवसरमा आईतवार पशुपतिनाथ र काठमाडौंको सिफलस्थित भण्डारेश्वर महादेव मन्दिरको दर्शन एवं पूजाआराधना गरेका छन् ।

महाशिवरात्रि २०८२ का अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेलगत्तै राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सिफल पुगेका हुन् ।

मन्दिर प्रवेश गरेका राष्ट्रपति पौडेललाई मन्दिरका पुजारीले विधिपूर्वक पूजा गराई टीका, माला र फूलप्रसाद प्रदान गरिएको हो । सोही अवसरमा पूर्वप्रधानन्यायाधीश तथा प्रधानमन्त्री सुशीला कार्कीले पनि पशुपतिनाथ महादेवको दर्शन गरेका छन् ।

उच्च पदस्थ व्यक्तित्वहरूको आगमनलाई ध्यानमा राख्दै मन्दिर परिसरमा सुरक्षा व्यवस्था मजबुत पारिएको थियो भने स्थानीय भक्तजनहरूले उनिहरूको स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =