देशमा बढ्दो हत्या–हिंसा, दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले मुलुकका विभिन्न स्थानमा दिनप्रतिदिन हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

उनले हालै जनकपुर र दैलेखमा भएका बीभत्स हत्याका घटनाहरूको उल्लेख गर्दै दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद बिसीले २०८२ माघ २८ गते जनकपुरमा २३ बर्सिया अलिता खातुनको सलले घाँटी कसेर हत्या गरिएको घटनाले समाजलाई स्तब्ध बनाएको बताइन् ।

त्यसैगरी, दैलेख जिल्लाको दुल्लु क्याम्पस रोडमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश खत्रीको उनकै साथीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति पनि उनले गम्भीर चासो व्यक्त गरेका छन् । देशका विभिन्न भागबाट यस्ता दुःखद समाचारहरू निरन्तर आइरहेको भन्दै उनले शान्ति सुरक्षाको अवस्थाप्रति प्रश्न उठाइन् ।

उनले भनिन् ‘देशका विभिन्न भागहरूमा हत्या–हिंसा बढ्दै गएको समाचारहरू आइरहेका छन्। यही २०८२ माघ २८ गते बुधवार जनकपुरमा २३ बर्सिया अलिता खातुनलाई सलले घाँटी कसेर हत्या गरेको आएको छ । यस्तै गरेर दैलेख जिल्ला दुल्लु क्याम्पस रोड साथीले धारिलो हतियार प्रयोग गरी १० कक्षामा अध्ययनरत प्रकाश खत्रीको हत्या भएको छ । र मृतकहरू प्रति म हार्दिक श्रद्धाञ्जली दिँदै यस्ता हत्याराहरूलाई यथार्थ छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरी पीडितलाई न्याय दिनका लागि म सरकारसँग माग गर्दछु ।’

सांसद बिसीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती घटनाहरूको निष्पक्ष र यथार्थ छानबिन गर्न सरकारसँग माग गरेका छन् । उनले पीडित परिवारलाई न्याय दिलाउन र अपराधीलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्न गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =