सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ५ हजार रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =