आर्थिक पुनरुत्थानको बाटो खोल्न गाजा सिटीले सुरु गर्‍यो सरसफाइ परियोजना

काठमाडौं । गाजा सिटीको केन्द्रमा रहेको फिरास मार्केट क्षेत्रबाट संकलित हजारौं घनमिटर फोहोर हटाउने कार्य बुधबार सुरु भएको छ । यस कदमको उद्देश्य वातावरणीय दबाब कम गर्नु र व्यापारिक गतिविधिहरूलाई पुनरुत्थान गर्नु रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

गाजा नगरपालिकाले एक प्रेस विज्ञप्तिमा जानकारी दिएअनुसार यो परियोजना अन्तर्गत फिरास मार्केटमा रहेको अस्थायी ल्यान्डफिलबाट लगभग ३ लाख ५० हजार घनमिटर फोहोरलाई सहरको दक्षिणी भागमा रहेको अर्को तोकिएको ठाउँमा स्थानान्तरण गरिनेछ ।

नगरपालिकाका अनुसार यो अपरेसन संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा सञ्चालन भइरहेको छ । गाजास्थित एनजीओ नेटवर्कका निर्देशक अमजद अल–शावाका अनुसार फिरास मार्केटबाट फोहोर हटाउने कार्यको थालनी एक सकारात्मक विकास हो ।

उनले यो कदम अस्थायी भए पनि यसले गाजा क्षेत्रका बासिन्दाहरूलाई आधारभूत सेवाहरूमा भोग्नु परिरहेको ठूला चुनौतीहरूका बीच केही राहत प्रदान गर्ने बताए । स्थानीय बासिन्दाहरूले पनि यस पहलको समर्थन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =