अल्का अस्पतालको निःशुल्क शिविरबाट २ सय बढी बाथरोगका बिरामी लाभान्वित

काठमाडौं । अल्का अस्पतालले सञ्चालन गरेको तीन दिने निःशुल्क बाथरोग शिविरबाट २ सय बढी बाथरोगका बिरामी लाभान्वित भएका छन् ।

बिहीवार सम्पन्न अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा आएर बाथरोगका २ सय बढी बिरामीहरु लाभान्वित भएका अस्पतालले जनाएको हो ।

अस्पतालका प्रशासन प्रमुख भगवान केसीकाअनुसार अस्पताल परिसरमा सञ्चालित उक्त शिविर माघ २५, २७ र २९ गते तीन दिन आयोजना भएको थियो ।

ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर शिविर सञ्चालन गरेको उनले बताए ।

शिविरमा अस्पतालकी वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्रेया श्रेष्ठले बाथरोग सम्बन्धी विभिन्न समस्या लिएर आएका बिरामीहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

तीन दिनको अवधिमा करिव २ सय जना बिरामीहरूले स्वास्थ्य जाँच गराउनुका साथै उचित परामर्श समेत प्राप्त गरेका प्रमुख केसीले जानकारी दिइन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस विशेष कार्यक्रममा अस्पतालले परीक्षणका साथै बिरामीहरूलाई आवश्यक औषधि र बाथरोगका लक्षण देखिएका व्यक्तिहरूका लागि निःशुल्क प्रयोगशाला परीक्षणको समेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =