जेनजी सुशासन योद्धा परिवारद्वारा शहीदहरूको सम्झनामा क्षमायाचना पूजा

काठमाडौं । जेनजी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि क्षमायाचना पूजा गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको आत्मशान्तिका लागि यो पूजा एवं होम लगाइएको थियो । शहीद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक कार्यक्रम गरिएको हो ।

जेनजी सुशासन योद्धा भनेर सरकारले पहिचान गरेका ४५ जना प्रदर्शनकारीहरूलाई शहीद घोषणा गरेको थियो । शहीदहरूको बलिदानलाई सम्मान गर्दै परिवारले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ । कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानलाई स्मरण गर्दै सुशासनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो पूजा एवं सत्याग्रहले शहीदहरूको आत्मालाई शान्ति प्रदान गर्ने साथै समाजमा सुशासनको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले बताए । जेनजी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 8 =