धनगढीबाट रास्वपाको चुनावी सभा सुरु हुँदै, रवि–बालेन संयुक्त सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन लक्षित चुनावी सभा धनगढीबाट सुरु गर्ने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले मास प्रदर्शनसहितको जनसभा आयोजना गर्न लागेको हो । पार्टीका सहप्रवक्ता प्रतिभा रावलका अनुसार पहिलो सभा कैलालीको धनगढीमा हुने तय गरिएको छ ।

उक्त सभामा सभापति लामिछाने र वरिष्ठ नेता शाह संयुक्त रूपमा सहभागी भएर सम्बोधन गर्ने कार्यसूची रहेको छ । यसअघि दुवै नेता छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

रास्वपाले प्रदेशस्तरमा कम्तीमा सात स्थानमा ठूला सभा गर्ने तयारी गरेको जनाएको छ । तर ती सभा कहाँ–कहाँ आयोजना हुनेछन् भन्नेबारे पार्टीले हालसम्म सार्वजनिक गरेको छैन ।

वरिष्ठ नेता बालेन शाह यसअघि कोशी प्रदेशका पहाडी जिल्ला हुँदै सुदूरपश्चिमसम्म पुगिसकेका छन् । हाल उनी मधेस प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =