‘प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महशुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्’

काठमाडौं । नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गरेका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गरे । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उनको भनाई छ ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टी जनाए ।

मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलिय पक्षधरता लिएको उनको आरोप छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको मुखमा गरिनु पनि उपयुक्त नभएको उनको भनाइ छ ।

यी र यस्तै निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ क्रमशः पक्षधर बन्दै गएको त होइन भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको उनले बताए ।

उनले विवादास्पद निर्णय पुनर्विचार गर्न तथा राज्य संयन्त्रलाई तटस्थ ढंगले परिचालन गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =