काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
२०८२ माघ २७ गते

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ ।
रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रमा दुर्घटना भएको हो ।
बसको नम्बर तथा यात्रु संख्या भने हालसम्म खुलेको छैन । स्थानीयवासी र सुरक्षाकर्मीहरू भने उद्धार कार्यमा खटिएका छन् ।
२०८२ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








