सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने गरी आवश्यक तयारी गर्नुपर्छः मायाप्रसाद शर्मा

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति जनाउँदै सम्बन्धित निकायले त्यसमा रोक लगाउनुपर्ने समेत बताए ।

उनले राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो पार्टीको दृष्टिकोणसहित जनतामा प्रश्तुत भएर उनीहरुको विश्वास जित्ने गरी अघि बढ्न आवश्यक रहेको बताए ।

सांसद शर्माले राजनीतिक दलहरुले आफ्नो सैद्धान्तिक दृष्टिकोण जनतामा लिएर जान नसक्ने हो भने त्यसले जनतामा भ्रम सृजना हुने खतरा रहेको बताए ।

सांसद शर्माले जाजरकोट लगायतका भूकम्प पीडितका लागि राहतको व्यवस्थापनमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 9 =