निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै काँग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

सानासाना बालबालिका चढेको बस प्रयोग गरी अभिभावकलाई चुनाव चिन्ह् र उम्मेदवारका पक्षमा प्रचार गराउनेजस्ता गतिविधि जिम्मेवार राजनीतिक दलले गर्न नहुने उनको भनाइ छ । उनले विशेष गरी चितवनमा निर्वाचनको लागी मत माग्न बालबालिकालाई प्रयोग गरेको भेटिएको जानकारी दिए ।

यस्ता गतिविधिबारे रोक्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । चालिसेले अन्य केही दलका कार्यकर्ताले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको गुनासो आएको बताए ।

उनले फरक विचार राख्ने दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी र घृणा फैलाउने गतिविधि रोक्न पनि आग्रह गरे ।

यसले स्वस्थ राजनीतिक प्रतिष्पर्धाको वातावरण बिथोलिँदै जाने उनको भनाई छ । आफ्ना धारणा राख्दा सबै राजनीतिक दल र उम्मेदवारले मर्यादित भाषा र व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली काँग्रेस पनि यस विषयमा सचेत रहेको बताए ।

उनले निर्वाचनमा मतदान गर्नुअघि उम्मेद्वार र राजनितिक दलको पृष्ठभुमीको बारेमा जानकारी राख्न पनि आग्रह गरे ।

उनले असन्तुष्टीबाट नै अधिनायकवादको जन्म हुने उल्लेख गर्दै नेपालमा पनि सचेत रहन आग्रह गरे । उनले विगतमा गरेका काम र भविष्यमा गर्न सक्ने क्षमताको आधारमा मतदान पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =