स्मार्ट बटन र वास प्लस सहित सेन्सेईको नयाँ वाशिङ मेसिन सार्वजनिक

काठमाडौँ । आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमताको सशक्त संयोजन प्रस्तुत गर्दै Sensei ब्रान्डले आफ्नो नयाँ Front Load Washing Machine (Model: SWM10FL3 | 10KG) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

नेपालका लागि यस ब्रान्डको आधिकारिक वितरक CG Electronics रहेको छ ।

नयाँ Sensei Front Load Washing Machine मा जडान गरिएको BLDC Inverter Motor ले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार 10KG क्षमताको यो मेसिन मध्यमदेखि ठुलो परिवारका लागि उपयुक्त रहेको छ । यसमा Steam Wash, Quick 15-Minute Wash, Stain Treatment, ECO 40–60, Auto Drum Clean, 1400 RPM Spin Speed, 16 Wash Programs, LED Display, Child Lock तथा Delay Function जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, BLDC मोटरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको बताइएको छ ।

कम्पनीका अनुसार Smart Button Function ले प्रयोगकर्ताको धुलाई बानीलाई बुझेर आवश्यक सेटिङ स्वतः अनुकूल बनाउँछ, जसले धुलाई प्रक्रिया अझ सहज र स्मार्ट बनाउँछ । त्यस्तै, Wash+ Function ले कपडाको अवस्था अनुसार थप धुलाई समय वा प्रभावकारी सफाइ सुनिश्चित गर्दै कठिन दाग र गहिरो फोहोर हटाउन सहयोग गर्दछ ।

CG Electronics का अनुसार यो Washing Machine आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जहाँ समयको बचत, ऊर्जा दक्षता र कपडाको उत्कृष्ट हेरचाह प्रमुख प्राथमिकता हुन् ।

ग्राहकको खरिद अनुभवलाई अझ सहज बनाउन CG Electronics ले Sensei ब्रान्डका उत्पादनहरूमा ०% EMI सुविधा, नागरिकताको आधारमा EMI, साथै Exchange सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ । यसले उपभोक्तालाई ठुलो आर्थिक बोझ बिना नै अत्याधुनिक होम अप्लायन्स आफ्नै घरमा भित्र्याउने अवसर प्रदान गर्ने बताइएको छ ।

Sensei ब्रान्ड अन्तर्गतका Washing Machine, Refrigerator, TV तथा अन्य होम अप्लायन्सहरू नेपालभर CG Electronics का आधिकारिक शोरूम तथा अधिकृत विक्रेतामार्फत उपलब्ध रहेका छन् ।

CG Electronics ले ‘विश्वस्तरको प्रविधि, नेपाली घरका लागि’ भन्ने दृष्टिकोणका साथ ब्रान्डलाई स्मार्ट, भरपर्दो र दीर्घकालीन मूल्य दिने होम अप्लायन्स ब्रान्डको रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =