एलआरआर मोटर्सद्धारा जिली EX5 को २०२६ मोडल EX5 सार्वजनिक

काठमाडौँ । नेपालका लागि जिली EX5 को आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले २०२६ मोडलको जिली सार्वजनिक गरेको छ ।
सामान्य बजार समय–तालिकाभन्दा निकै अगावै नयाँ मोडलको उपस्थितिलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।
नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायः वर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको EX5 जिली नेपाली बजारमा उपलब्ध गराउन सफल भएको बताएको छ । जसले नेपाली उपभोक्तामाझ नवीनतम विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई तत्कालै सर्वसुलभ गराउने कम्पनीको प्रतिबद्धतालाई पुर्न पुष्टि गरेको जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनः बिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।
थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली EX5 मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोनसँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको कम्पनीले जानकारी दिएको छ ।
यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली EX5 लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।
‘नेपाली ग्राहकहरूलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय हो,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ EX5 ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’
‘ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दछ,’ श्रेष्ठले थपे ।
यस्तो प्रारम्भिक उपलब्धताले ग्राहकहरूलाई पुरानो वा आउटगोइङ मोडलको सवारीसाधन खरिद गर्नुपर्ने अवस्थाबाट बचाउँछ । यस कदमले एलआरआर मोटर्सलाई बजार समयतालिकाभन्दा अघि रहन र ग्राहकको अपेक्षा पूरा गर्न प्रतिबद्ध अग्रणी ब्रान्डको रूपमा स्थापित गरेको छ ।








