डिशहोम इन्टरनेटद्वारा ‘सर्भिस अन डोर’ (सोड) अभियान सुरु

काठमाडौँ । डिशहोम इन्टरनेटले ‘Service on Door (SOD) अभियान सुरुवात गरेको छ ।

डिशहोम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ ‘SOD’ अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरि क्षेत्रबाट माघ १५ गते देखि सञ्चालन गरिएको छ ।

यस अभियानअन्तर्गत ग्राहकहरूले DishHome Internet को सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् । SOD अभियान काठमाडौँ उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिनेछ ।

साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =