चौथो आश्रय कप फुटबलको उपाधि युनाइटेडलाई

काठमाडौं । आश्रय समूहले आयोजना गरेको ‘चौथो आश्रय कप फाइभ ए साइड अन्तर रिह्याब फुटबल प्रतियोगिता–२०८२’को उपाधि युनाइटेड फेलोशिप ललितपुरले जितेको छ ।

बिहीबार भएको फाइनल प्रतिस्पर्धामा युनाइटेड फेलोशिप ललितपुरले सन्जिवनी धरानलाई ‘सडेनडेथ’ मा पराजित गर्दै उपाधि चुमेको हो ।

निर्धारित समयमा दुबैटिमको ३–३ गोल भएर खेल बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टी सुट आउटमा पनि युनाइटेड र सन्जिवनीको बराबर गोल भएपछि सडेन डेथमा युनाइटेडले उपाधि चुमेको हो ।

प्रतियोगितामा प्रथम हुने युनाइटेड फेलोशिप ललितपुर टिमले एक लाख नगद सहित शिल्ड र प्रमाणपत्र पाएको छ । यसैगरी उपविजेता बनेको सन्जिवनी धरान टिमले ५० हजार नगद पाएको छ ।

लागु औषध दुर्व्यशनीहरुको सुधार तथा पुनस्र्थापनाको लागी खोलिएको विभिन्न ‘रिह्याब’ केन्द्रहरू बीच भएको ‘चौथो फाइभ ए साइड अन्तर रिह्याब फुटबल प्रतियोगिता २०८२’ को विजेता र उपविजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले पुरस्कार प्रदान गरे ।

गोकर्णेश्वर नगरपालिका १ वीपी चोकमा स्थित ‘आश्रय समूह’ सुधार केन्द्रको प्राङ्गणमा सम्पन्न भएको प्रतियोगितामा आयोजक आश्रय समूहको दुई टिम सहित मोफसल र काठमाडौं उपत्यकाबाट कुल १५ वटा टिम सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =