डिशहोम GO मा दुई नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’

काठमाडौँ । नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम GO ले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ प्रस्तुत गरेको छ ।

दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD 1.99 मात्र तिरेर डिशहोम GO मार्फत हेर्न सक्नेछन् ।

‘जय हो’ एक सशक्त एक्सन–ड्रामा चलचित्र हो, जसको निर्देशन टेक पौराखी राईले गरेका हुन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ । निर्माता राज के। अधिकारी र सुरज सरकार हुन् ।

सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने दृढ पात्रको कथा प्रस्तुत गर्ने ‘जय हो’ ले व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिन्छ ।
त्यसैगरी, ‘लाखे’ नेपाली लोककथा र नाटकको संयोजनमा आधारित चलचित्र हो, जसको निर्देशन सम्राट बस्नेतले गरेका छन् । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनूप बिक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रका निर्माता सिजन अर्याल, जी।एम। ठाकुरी र डीपी भण्डारी हुन् ।

परम्परागत विश्वास, समुदाय र लाखे पात्रमार्फत आशा र डरको कथा प्रस्तुत गर्ने ‘लाखे’ ले दर्शकलाई फरक स्वादको अनुभव दिन्छ ।

डिशहोम GO एक आधुनिक डिजिटल प्लेटफर्म हो जहाँ दर्शकहरूले नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री सहजै हेर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =