तेह्रथुम पुगेर मत माग्दै बालेन शाह (तस्बिरहरू)

काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिबेला पूर्वी पहाडका जिल्लाहरूमा चुनावी घरदैलोमा व्यस्त छन् । यसै सिलसिलामा नेता शाह शनिबार तेह्रथुमको सदरमुकाम म्याङ्लुङ पुगेका हुन् ।

तेह्रथुमको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल म्याङ्लुङ ‘देवीथान’ मा आयोजित चुनावी भेटघाट कार्यक्रममा शाहले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गरे । सो क्रममा उनले तेह्रथुमबाट रास्वपाका उम्मेदवार सुरेन्द्र कार्कीको पक्षमा जनमत सिर्जना गर्न स्थानीयलाई अपिल समेत गरे । उम्मेदवार कार्की र नेता शाहले म्याङ्लुङका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै यस पटक परिवर्तनका लागि घण्टीमा मतदान गर्न आग्रह गरेका थिए ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका शाह पछिल्लो समय छिमेकी जिल्लाहरूमा पार्टीको अभियानलाई सशक्त बनाउन सक्रिय देखिएका छन् । उनले आफ्नो क्षेत्र बाहेक पूर्वी नेपालका अन्य जिल्लाहरूमा पनि उत्तिकै समय खर्चिरहेका छन् ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =