शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला नियुक्त

काठमाडौँ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बाँस्तोला नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै बास्तोलालाई निर्देशक पदमा नियुक्ति गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले जानकारी दिए ।

यसअघि अस्पतालका निर्देशक डा युवानिधि बसौला गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा भएका थिए । यसअघि पनि बाँस्तोलाले सोही अस्पतालमा निर्देशकको रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =