भेनेजुएलाको सातौँ तेल ट्याङ्कर अमेरिकी सेनाले लियो नियन्त्रणमा

काठमाडौं । अमेरिकी दक्षिणी कमान्डका अनुसार अमेरिकी सेनाले मंगलवार बिहान क्यारिबियन क्षेत्रमा भेनेजुएलासँग सम्बन्धित सातौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । कमान्डले एक्स (पहिले ट्विटर) मार्फत जारी गरेको विज्ञप्तिमा गृह सुरक्षा विभागको सहयोगमा मोटर भेसल सजिट्टालाई कुनै अवरोध बिना नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।

कमान्डले उक्त ट्याङ्करले क्यारिबियनमा प्रतिबन्धित जहाजहरूका लागि राष्ट्रपति ट्रम्पद्वारा स्थापित क्वारेन्टाइनको अवज्ञा गर्दै सञ्चालन भइरहेको दाबी गरेको छ । अमेरिकी ऊर्जा सचिव क्रिस राइटले यसै महिनाको शुरुमा अमेरिकाले भेनेजुएलामा भण्डारण गरिएको तेलको बजारीकरण मात्र नगरेर, त्यहाँको तेल उत्पादनको विक्रीमा पनि अनिश्चितकालका लागि नियन्त्रण राख्ने बताएका थिए ।

डिसेम्बरको मध्यमा पहिलो तेल ट्याङ्कर नियन्त्रणमा लिएको केही दिनपछि राष्ट्रपति ट्रम्पले भेनेजुएला भित्रिने र बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी को आदेश दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =