इजरायलले गर्यो पूर्वी जेरुसेलमस्थित राष्ट्रसंघीय निकायका भवनहरू ध्वस्त
२०८२ माघ ७ गते

काठमाडौं । इजरायली अधिकारीहरूले पूर्वी जेरुसेलममा रहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीको परिसरभित्रका धेरै भवनहरू भत्काएका छन् । यस कदमको राष्ट्रसंघीय निकायले तत्काल र कडा शब्दमा भत्र्सना गरेको छ ।
कमिश्नर-जनरल फिलिप लाजारिनीले यसलाई संयुक्त राष्ट्रसंघीय निकाय र यसको परिसरमाथि भएको अभूतपूर्व आक्रमण भन्दै यसले एउटा खतरनाक नजिर स्थापना गरेको चेतावनी दिएका छन् । इजरायल भूमिसुधार प्राधिकरणले ती संरचनाहरू अवैध भएकोले कानूनी कारबाही स्वरूप भत्काइएको दाबी गरेको छ ।
उक्त कार्यको समयमा इस्रायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर घटनास्थलमा उपस्थित थिए र उनले यसलाई सार्वभौमसत्ताका लागि महत्वपूर्ण दिन भएको बताए ।
२०८२ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








