‘आर्थिक विकासका लागि दलहरुले न्युनतम साझा एजेण्डा बनाउन आवश्यक’

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा अस्थिर सरकार रहेका कारण आर्थिक परिवर्तनले तिब्रता पाउन नसकेको बताएका छन् ।

परिसंघले आईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक परिर्वतनको लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका हुन् ।

उनले २००७ सालदेखि २०८२ को जेनजी आन्दोलनसम्म आइपुग्दा धेरै पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तनले तिब्रता पाउन नसकेको बताए ।

उनले दलहरुले घोषणापत्रमा आर्थिक एजेण्डाहरु ल्याएपनि सरकारमा हुँदा कार्यान्वयन नगरेको बताए । २०४६ सालदेखि हालसम्म बनेका सरकारहरुले कार्यकाल १ वर्षको हाराहरीमा मात्रै रहेको उल्लेख गर्दै यसले आर्थिक सुधारमा ठूलो असर गरेको बताए ।

उनले देशको आर्थिक प्रगतिका लागि राजनीतिक दलहरुले न्युनतम साझा एजेण्डा बनाएर जानुपर्नेमा जोड दिए ।

राजनितिक दलहरुले साझा एजेण्डा तय गरेमा सरकार परिवर्तन हुँदैपिच्छे नीतिहरु परिवर्तन हुँदा दीर्घकालिन रुपमा फाइदा हुने बताए ।

उनले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरे । परिसंघले दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषयबारे सुझाव दिन आईतवार पत्रकार सम्मेलन गरेको हो ।

परिसंघले आर्थिक सुधार गर्न दलहरुले गर्ने साझा प्रतिवद्धताको लागि राष्ट्रियस्तरका दलहरुसँग छलफल गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =