टुँडिखेलमा थारु र मगर समुदायले माघी पर्व मनाउँदै (तस्बिरहरू)

काठमाडौँ ।  आज बिहीबार टुँडिखेलमा माघे सङ्क्रान्ति विशेष कार्यक्रम गरी मनाइएको छ।

माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोसाकमा सजिएका छन्।

कार्यक्रममा दुवै समुदायले छुट्टाछुट्टै स्थानमा आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत समेत गरेका छन्।
टुँडिखेलमा थारु तथा मगर समुदायले आफ्ना मौलिक खानाको स्टल समेत राखेका छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, काली गण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

तस्बिरहरू:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =