राष्ट्रिय लिगमा फ्रेन्ड्सको पुनरागमन जित, चर्च ब्वाइजले बाँड्यो अंक

काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा सानदार शुरुवात गरेको दिनमा पछिल्लो संस्करणको शीर्ष डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले अंक बाँडेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय लिगमा १७ क्लवले प्रतिष्पर्धा गर्दैछन् । पहिलो दिनको खेलमा शिर्ष डिभिजन क्लब फ्रेन्ड्सले सुखद् शुरुवात गर्दा २०७९ को ’ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले बराबरीको नतिजा सामना गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधवार भएको उदघाटन खेलमा ललितपुरे क्लब फ्रेन्ड्सले सुर्खेतको काँक्रे बिहार क्लवमाथि ३–१ को जित निकाल्यो । फ्रेन्ड्सका प्रशान्त लक्क्षम र आशिष चापागाईंले समान एक गोल गरे ।

फ्रेन्ड्स क्लवले पुनरागमन जित निकालेको हो । खेलको छैटौं मिनेटमा आत्मघाती गोलमार्फत काँक्रे बिहारले अप्रत्याशित अग्रता लिएको थियो । फ्रेन्ड्सका राइटब्याक कमल श्रेष्ठले आत्मघाती गोल गरेका हुन् ।

बल पोसेसन कायम राखे पनि फ्रेन्ड्स निर्धारित हाफसम्म गोलका लागि संघर्षरत रह्यो । पहिलो हाफको थप समयमा फ्रेन्ड्स खेलमा फर्कियो । सेन्ट्रल मिडफिल्डर प्रशान्त लक्समले गोल गरेपछि फ्रेन्ड्स खेलमा फर्कियो ।

५९औं मिनेटमा फरवार्ड प्रवेश बस्नेतको गोलमा फ्रेन्ड्सले अग्रता लियो । निर्धारित समयको अन्तिम मिनेटमा फ्रेन्ड्सले अग्रता लियो । फरवार्ड आशिष चापागाईले गोल गरेपछि फ्रेन्ड्सको जित सुनिश्चित भयो ।

दिनको दोस्रो खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले बी डिभिजनबाट बढुवा भएको श्री भगवती क्लबसँग अंक बाँड्यो । एन्फा कम्प्लेक्स मैदानमा श्री भगवतीले सुरुआती अग्रता लिए पनि जोगाउन सकेन ।

श्री भगवतीका हरिहर बुढामगर र चर्च ब्वाइजका एरिक बिष्ट गोल गरे । भगवतीका लागि हरिहर बुढामगरले निर्धारित हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । ६५औं मिनेटमा कप्तान एरिक विष्टको गोलमा चर्च ब्वाइज खेलमा फर्कियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =