गगन–विश्वप्रकाशलाई निष्कासनको पत्र निर्वाचन आयोगमा पठाइयो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको कारबाहीसम्बन्धी जानकारी निर्वाचन आयोगमा पठाएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विभाजनको प्रयास गरेको आरोपमा उनीहरूलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको पत्र आज निर्वाचन आयोगमा दर्ता गराइएको हो । साथै, कांग्रेसले विशेष महाधिवेशन नगरेको र भृकुटीमण्डपमा भइरहेको गतिविधि अवैधानिक रहेको पनि आयोगलाई जानकारी गराएको छ ।

संस्थापन पक्षका नेताहरूका अनुसार पार्टीको विधान र केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरी विभाजनको प्रयास गरेको भन्दै उक्त कारबाही गरिएको हो ।

यता गगन–विश्वप्रकाश पक्षले भने निर्वाचन आयोगमा पठाइएको पत्रलाई अस्वीकार गर्दै बहुमत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भएको दाबी गरेका छन् ।

उनीहरूले पार्टीको आधिकारिकता आफूहरूसँगै रहेको र विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व नै वैधानिक हुने जिकिर गरेका छन् ।

विशेष महाधिवेशनमा सभापति पदमा गगन थापाको एकल मनोनयन दर्ता भइसकेको छ भने महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरेको मनोनयन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =